थप ४६३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १२ हजार सात सय ७२ पुगेको छ। आइतबार मात्र ४६३ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार  नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट  चार हजार नौ सय ६२  र आरडीटी दुई हजार सात सय ३२ जनाको नमुना परीक्षण गरिएको छ । अहिलेसम्म क्वारेन्टाइन ६१ हजार ७ सय ३१  र  आइसोलेसन ९ हजार सात सय ३१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १८९ रहेको छ । डिस्चार्ज हुनेको कुल संख्या तीन हजार १३ पुगेको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments