काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौ : काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले २ जना काठमाडौंका, १ जना ललितपुरका र ३ जना  भक्तपुरका गरी ६ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्।काठमाडौंमा १ महिला र १ पुरुष र ललितपुरमा १ पुरुष र भक्तपुरका १ महिला र २ पुरुषमा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको कोरोना परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।

बिहीबार एकै दिन ६७१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमकाअनुसार ६७१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ७ हजार ८४८ पुगेको हो। नयाँ संक्रमितमध्ये ५९१ पुरुष र ८० महिला रहेका छन्।

बुधबार मात्रै ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। बिहीबार पीसीआर विधिबाट १ लाख ५५ हजार ५१८ र आरडीटी विधिबाट २ लाख ४३ हजार ७५ जनाको नमुना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ७४६ र आरडीटी विधिबाट ९ हजार ५३२जनाको नमुना परीक्षण गरिएको छ।  यस्तै बिहीबार एकै दिन ६७१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार ६७१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ७ हजार ८४८ पुगेको हो। नयाँ संक्रमितमध्ये ५९१ पुरुष र ८० महिला रहेका छन्।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख १६ हजार२१५ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ६ हजार ६४८ जना रहेका छन्। ७४ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। रेडजोनमा ५०३ रहेका छन्। यस्तै बिहीबार थप ४ जना रेडजोनमा परेका छन्।

यस्तै बिहीबार थप १९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट १९ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए।योसहित निको हुनेको संख्या ११सय ८६ पुगेको छ।डिस्चार्ज हुनेमा १ हजार ७२ पुरुष र ११४ महिला छन्।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप दुईजनाको मृत्यु भएको छ।योसहित मृत्यु हुनेको संख्या २२ पुगेको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments