पारा खेलाडीलाई पूर्वप्रशिक्षक कुँवरको सहयोग

काठमाडौं : नेपाली पारा राष्ट्रिय तेक्वान्दो खेलाडीलाई पूर्वप्रशिक्षक कल्याण कुँवरले आर्थिक सहयोग गरेका छन् । लकडाउनका कारण समस्यामा परेका पारा खेलाडीलाई पूर्वप्रशिक्षक कुँवरले आर्थिक सहयोग गरेका हुन् ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा शनिबार आयोजित कार्यक्रममा कुँवरले उपलब्ध गराएको सहयोग पारा टोलीका प्रशिक्षक कविराजनेगी लामाले प्रदान गरे । पारा तेक्वान्दोकै पूर्वप्रशिक्षक कँुवरले सात खेलाडीलाई जनही तीन हजारका दरले आर्थिक सहयोग गरेका हुन् । सो रकममा प्रशिक्षक लामाले पनि जनही एक हजार रुपैयाँ प्रदान गरेका थिए । कुँवर वैदेशिक रोजगारीका क्रममा हाल क्यानडामा छन् ।

यसअघि पारा तेक्वान्दो कमिटीले पनि खेलाडीलाई खाद्यान्न र आर्थिक सहयोग प्रदान गरेको थियो । राष्ट्रिय पारा खेलाडी रन्जना धामी र राम अधिकारीले आफ्नै प्रशिक्षकबाट पाएको सहयोगले जीवनमा विशेष अर्थ राख्ने बताए । ‘उहाँहरूलाई हामीले गुरु दक्षिण दिनुपर्ने हो । तर, हाम्रो समस्यालाई बुझेर उहाँहरुको सहयोग पाउँदा निकै खुसी लाग्यो’, उनीहरुले भने ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments