काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार तोलामा ९ सयले घटेर ७४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजावी सुनको मूल्य ७४ हजार ३ सय रुपैयाँ कायम गरिएको छ।
बिहीबार सुन तोलामा एक हजारले घटेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार भने सुन तोलाको ७६ हजार ५ सय रुपैयाँ किचबेच भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि सामान्य गिरावट आएको छ। चाँदी तोलाको ८८५ रुपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ। यो मूल्य बिहीबारको भन्दा ५ रुपैयाँले कम हो।
इरान र अमेरिकाबीचको आन्तरिक विवादले सुनको भाउ उचाव चाढाव भएको महासंघले जनाएको छ।