काठमाडौं : नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले आन्दोलनरत उखु किसानलाई न्यायो लुगा वितरण गरेका छन् । काठमाडौंमा आन्दोलनरत उसु किसान कठ्यांग्रिने चिसोले बिरामी परिरहेका बेला नेता बजगाईंले शुक्रबार माइतीघर मण्डला पुगेर उखु किसानलाई ज्याकेट वितरण गरेका हुन् ।
उसुको वक्यौता रकम भुक्तानीको माग गर्दै एक साता अघिबाट आन्दोलनरत उखु किसानलाई झण्डै ७० हजार रुपैयाँ बराबरको ज्याकेट वितरण गरिएको उनले जानकारी दिए । नेता बजगाईं प्रदेशसभा निर्वाचनमा गोरखाबाट चुनाव लडेका थिए ।
पुसको कठ्यांग्रिने जाडोबाट आक्रान्त बनेका उसु किसानले न्यायो कपडा पाएपछि निकै खुसी लागेको बताए । उनीहरुले सरकारले वास्ता नगरे पनि नेता बजगाईंले सहयोग गरेकोमा धन्यवाद दिए ।
पुसको कठ्यांग्रिने जाडोमा एकसरो कपडामा उसु किसान आन्दोलनरत रहेको समाचार हेरेपछि बजगाईंले शुक्रबार बिहानै फेसबुकमा स्टाटस लेख्दै उसु किसानलाई सहयोग गर्न आफू तत्पर रहेको बताएका थिए ।
Previous Article
छोरीको कुमारीत्व बेच्ने आमा
Next Article