त्रिभुवन आर्मीद्वारा थ्री स्टार पराजित 

काठमाडौ :  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा आज भएको खेलमा आर्मीले थ्री स्टारलाई २–० गोलले हराएको हो ।

चौथो चरणअन्तर्गतको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा आर्मीका लागि नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गर्नुभयो । खेलको ५४औँ मिनेटमा नवयुगले पहिलो गोल गर्नुभएको थियो । कप्तान भरत खवासले प्रहार गरेको बलको सदुपयोग गर्दै उहाँले गोल गर्नुभएको हो ।

यस्तै खेलको ७९औँ मिनेटमा सन्तोषले आर्मीका लागि दोस्रो गोल गर्नुभयो । जितसँगै आर्मी चार खेल खेलेर नौ अङ्कसहित लिगको तेस्रो स्थानमा पुगेको छ । थ्री स्टारले चार खेलमा सात अङ्क जोडेको छ । थ्री स्टार अङ्क तालिकाको छैटाँँै स्थानमा छ ।

 

विभागीय टोली पुलिसको जित
नेपाल पुलिस क्लबले सङ्कटा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित दर्ता गराएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा विभागीय टोली पुलिसले सङ्कटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गराएको हो । जितसँगै पुलिसले ४ खेलमा ७ अङ्क जोड्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

पुलिसको जितमा दुवै गोल सुमन लामाले गर्नुभयो । खेलको १५औँ मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाउनुभयो । त्यस्तै खेलको १८औँ मिनेटमा सङ्कटाका अमित तामाङले एक गोल फर्काउँदै खेललाई एक÷एक गोलको बराबरीमा ल्याउनुभयो । उहाँले पेनाल्टीमार्फत गोल गर्नुभएको थियो । पुलिसका डिफेन्डरले डिबक्स एरियाभित्र ह्याण्ड गरेपछि सङ्कटाले पेनाल्टी पाएको थियो ।

खेलमा एक एक गोलको बराबरी भने लामो समयसम्म टिक्न सकेन । खेलको ३३ औँ मिनेटमा सौजन राईको पासमा पुलिसका सुमनले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाउनुभयो । खेलमा सुमन लामा म्यान अफ दि म्याच घोषित हुनुभयो । पराजित सङ्कटाले चार खेलमा चार अङ्क जोडेको छ । सङ्कटा अङ्क तालिकाको दशौँ स्थानमा छ ।

 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments