पोखरा : १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को पुर्व सन्धयामा ओलम्पिक टर्च पोखरा आईपुगेको छ ।
काठमाडौँको स्वयम्भुबाट शुरु भएको ओलम्पिक टर्च ¥याली शुक्रवार पोखरा ल्याईएको हो । टर्चलाई ओलम्पिन सहित खेलाडीहरुले पोखरा रंगशालावाट नगर परिक्रमा गराएका थिए ।
राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले टर्च प्रज्वलन गरी ओलम्पियनएवं नेपाललाई पहिलो अन्तर्रा्िष्ट्रय पदकदिलाएका पूर्व धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरि शुरु भएको र्यालीले पोखराको विभिन्न भागको परिक्रमा गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको समन्वयमा टर्च र्यालीआयोजना गरिएको हो । ओलम्पिक टर्च ६ जना ओलम्पियनले देशका प्रमुख सहरमा पु¥याउने क्रममा पोखरा आएका हुन ।
मंसीर १५ गते देखि सुरु हुने सागको ओलम्पिक टर्च ¥यालीमा ओलम्पियन टिकाराम श्रेष्ठ, जितबहादुृर के.सी, मुकुन्दहरि श्रेष्ठ, ज्ञानबहादुर वोहरा, कान्छीमाया कोजु र राजकुमारी पाण्डे सहभागी भएका थिए ।
र्यालीमा सागका डेपुटी सेभ द मिसन समेत रहेका नेपाल ओलम्पीक कमिटिका उपाध्यक्ष तेजवहादुर गुरुङ, राष्टिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, १३ औं साग स्थानिय सहजिकरण समितीका सदस्य मोहन रेग्मी, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीलगायत खेल संघका पदाधिकारी, कर्मचारी एंव खेलाडीहरुको सहभागीता रहेको थियो । देशका विभिन्न भागको परिक्रमा पछि टर्च मंसीर १५ गते काठमाडौँ पुरयाईने छ ।