काठमाडौं : नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रमअनुसार ज्ञानकुञ्ज स्कुलमा तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ ।
रविभवनस्थित ज्ञानकुञ्ज स्कुलमा आइतबार भएको ग्रेडिङमा कुल दुई सय खेलाडीको सहभागिता रहेको थियो । खेलाडीलाई तेक्वान्दो प्रशिक्षक एवं काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव कुमार लामा घिसिङले ग्रेडिङ प्रदान गरेका थिए । आफ्नै विद्यालयमा सम्पन्न एकदिने ग्रेडिङमा ज्ञानकुञ्ज स्कुलका तेक्वान्दो प्रशिक्षक नन्दराज बास्कोटाले प्रशिक्षण गराएका थिए ।
तेक्वान्दो सघंको वार्षिक कार्यक्रम अनुरूप ज्ञानकुञ्ज तेक्वान्दो डोजाङले ग्रेडिङ प्रदान गरेको डोजाङ प्रमुख बास्कोटाले जानकारी दिए । तेक्वान्दो परीक्षामा खेलाडीले फाइट र पुम्से दुवै विधामा आफ्नो कला प्रस्तुत गरेका थिए । केही खेलाडीले डेमोन्स्ट्रेसन पनि प्रस्तुत गरेका थिए ।
सेतो पेटीबाट पहेंलो पेटीमा दुई सय खेलाडीलाई ग्रेडिङ प्रदान गरिएको थियो । खेलाडीले परीक्षामा उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षक बास्कोटाले बताए । एक कार्यक्रममा विद्यालयका प्रिन्सिपल फनबहादुर जिसीले सानैदेखि खेलप्रति बच्चाहरूलाई उत्प्रेरणा गराउने आवश्यक रहेको धारणा राखेका थिए ।
Previous Article
कङ्गोमा विमान दुर्घटना, २३ को मृत्यु
Next Article