नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डी खेलाडीको वैदेशिक प्रशिक्षण भारत महाराष्ट्रको कोलापुरमा हुने भएको छ । वैदेशिक प्रशिक्षणमा सहभागी हुन शुक्रबार कोलापुर प्रस्थान गरेको कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले बिदाइ गरे ।
वैदेशिक प्रशिक्षणमा जाने पुरुष खेलाडीमा जयबहादुर बोहरा, नागेश्वर थारू, विनोद तामाङ, प्रदीप मिजार, रञ्जित गजमेर, लालमोहर यादव, प्रवीण खड्का, कुमार लामा, पदमबहादुर विष्ट, बन्धु राना, कल्याण भुजेल, अमित कुँवर, अजय मानन्धर, रामु टमाटा, रामप्रसाद महतो र कधैलाल थारू रहेका छन् ।
यसैगरी महिला खेलाडीमा कोशमाया बस्नेत, मेणुका राजवंशी, गंगा धामी, अनुजा कुलुङ राई, हरिना थापा, मानमती विष्ट, गंगा रकसकोटी, कमला थापा, सरिता भुजेल, सविना मल्ल, रविना चौधरी, जयन्ती बढु, सुनिता थापा, यशोदा गिरी, पुस्तिका चौधरी र सिर्जना थारू छन् । प्रशिक्षकमा तारासिंह भाट, लोकबहादुर विष्ट, मोतीराज पनेरू, विष्णुदत्त भट्ट र पार्वती राई रहेका छन् ।
यसैगरी व्यवस्थापकमा कृष्णदेव पन्त र सुन्दर प्रजापति रहेका छन् । सागका लागि कबड्डी खेलाडीको अन्तिम छनोट भने हुन बाँकी छ । हाल प्रशिक्षणका लागि १६ पुरुष र १६ जना महिला खेलाडी भारत गएकोमा १२÷१२ जना खेलाडीको अन्तिम छनोट गरिने जानकारी मुख्य प्रशिक्षक तारासिंह भाटले दिए । भारतमा रहँदा टोलीले पाँचवटा अभ्यास खेल पनि खेल्ने कार्यक्रम छ । प्रशिक्षण नोभेम्बर २ देखि २९ तारिखसम्म चल्नेछ ।
Previous Article